Logo
Logo

सल्यानमा जीप दुर्घटना, ८ जनाको मृत्यु


504
Shares

सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार जीप आज बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । उक्त जीपमा ९ जना सवार रहेका प्रवक्ता खनाले बताए ।

प्रतिक्रिया दिनुहोस्