Logo
Logo

अर्काको नाममा ट्रायल परीक्षा दिने एक जना पक्राउ


2.9k
Shares

काठमाडौं । अर्काको नाममा गाडीको ट्रायल परिक्षा दिन लागेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दोलखा घर भएका पारस भट्टराईको नाममा चार पाङग्रे गाडीकाे ट्रायल परीक्षा दिन लागेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-६ घर भएका २६ वर्षीय सबिन अधिकारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रागिरी नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयको ट्रायल परीक्षा दिने ट्रायल सेन्टरमा ती व्यक्तिलाई उक्त स्थानमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी प्रभाग बलम्बुमा राखी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्