Logo
Logo

सुनको भाउ १२ सय रुपैयाँले बढ्यो, तोलाको कति पुग्यो ?


1.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ। आज सुनको भाउ अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो।

बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापवाल सुन आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्