Logo
Logo

मन्दिर पसेको भन्दै दलितमाथि कुटपिट गर्ने वडाध्यक्ष पक्राउ


378
Shares

बाजुरा । पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै दलितलाई कुटपिट गर्ने एक वडाध्यक्ष पक्राउ परेका छन्। त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका हुन्।

अध्यक्ष जुद्ध ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र सुनारले बताएका छन्।

हाल कञ्चनपुर बस्दै आएका सुनार नवरात्री बस्न भनेर पुर्ख्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर गएका थिए। मन्दिरमा पूजा गर्न जाँदा वडाध्यक्ष अयडीको समूहले पूजा गरिरहेको ठाउँङ्गा आउन मिल्दैन भन्दै ‘डुम’ शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपीट र लुटपाट गरेको पीडित सुनारले बताएका छन्।

घाइते सुनारको आँखा, कान, नाक र पीठ्युमा चोट लागेको प्रहरीले जनाएको छ। वडाअध्यक्ष ऐडी र मन्दिरका पूजारी रङ्ग उपाध्यायविरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाटसम्बन्धी जाहेरी दिएपछि अयडीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए। घटनामा संलग्न २ जना भने अझै फरार रहेका डीएसपी थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्