Logo
Logo

एपीएफ र एसएसबी वीच सम्झौतापत्रमा हस्ताक्षर


4.2k
Shares


काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ । असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए ।


बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायवीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको छ । यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको सशस्त्र प्रहरीका समाचार शाखा प्रमुख डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्