Logo
Logo

नेपालको निर्यात सम्भावना वार्षिक १० खर्ब : विश्व बैंक


315
Shares

काठमाडौं । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको एक प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।

प्रतिवेदन अनुसार नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले नेपालको लागि अझै सम्भावना रहेको प्रस्तुति गरेका थिए ।

भरेलाले नेपालसँग ९.२ अर्ब डलर निर्यात गर्न सक्ने क्षमता रहेको बताए । नेपालको निर्यात क्षमतालाई गत आर्थिक बर्षको निर्यातसँग तुलना गर्ने हो भने आठ गुणा बढि सम्भावना देखिएको छ ।

भरेलाले नेपालको निर्यात सम्भाव्यता विषयक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपालसँग एकै दिन विश्व व्यापार संगठनको सदस्य भएको अति कम बिकसित मुलुक कम्बोडिया, लाओस जस्ता देशले निर्यात बढाउन सकेको हुँदा नेपालको सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्