Logo
Logo

परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा खटिन सशस्त्र आइजिपीको निर्देशन


756
Shares


काठमाडाैं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा खटिन संगठनका कर्मचारीलाई र्निेशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २९ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको समापनमा उनले यस्तो बताएका छन् ।


कार्यक्रममा उनले सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गर्न संगठनका सवै तहका कर्मचारीहरु पेशागत ज्ञानले शिक्षित प्रशिक्षित हुनुपर्ने उल्लेख गर्दै उपलब्ध जनशक्तिलाई प्रभावकारी नेतृत्व प्रदान गर्न सक्षम नेतृत्वको अपरिहार्यतालाई यस्ता पेशागत तालिमले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।


सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडबाडसँगै आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गईरहेको सन्दर्भमा सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्वाचन सुरक्षा, परिचालन र आईपर्ने सुरक्षा चुनौती र यसको व्यवस्थापनतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए ।


दर्जा अनुसारको तालिम प्राप्त निपूर्ण जनशक्तिबाट संगठनले लक्षित उद्देश्य हासिल गर्न सक्ने भएकोले तालिमबाट आर्जन गरेको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, कला र कौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा व्यवहारिक रुपमा समेत लागू गर्नुपर्ने बताए ।
महानिरीक्षक अर्यालले सीमित श्रोत साधनका बावजुद देशका ७७ वटै जिल्लाका सशस्त्र प्रहरी बल नेपाल परिचालित रहेको सन्दर्भमा प्रतिकूल भूगोल, मौसम र परिस्थितिको सामना गर्दै समयानुकुल परिवर्तित सुरक्षा चुनौतीहरुलाई परास्त गरी कार्यक्षेत्रमा थप हौसला, जोश, जाँगर र उर्जाका साथ परिचालित हुन तालिमबाट सिकेको ज्ञानले थप मद्दत पु¥याउने उल्लेख गरे ।


१२ हप्ता अवधिको उक्त तालिम ३३ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा स्टाफ ड्युटिज, युद्धकला, नेतृत्वकला, फौजको परिचालन, ट्याक्टिस, इन्टेलिजेन्स, अपराध नियन्त्रण, मानवअधिकार लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका आन्तरिक तथा विभिन्न क्षेत्रका विषय विज्ञबाट प्रशिक्षण प्रदान गरिएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित कार्यक्रमका बीच सो तालिमको समापन गर्नुको साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्