काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा दुबई जान लागेकी युवतीलाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ । अध्यागमनबाट समेत क्लियर भइसकेकी १९ वर्षिया युवती शुक्रबार दिउँसो पक्राउ परेकी हुन् ।
उनीबाट बरामद शैक्षिक प्रमाणपत्र नक्कली रहेको भ्रमण शंकास्पद देखिएकाले पक्राउ गरिएको विमानस्थल प्रहरीका एसएसपी दिपेन्द्र जिसीले बताए । युवतीसँग नक्कली कागजपत्र हुँदा पनि एयरलाइन्सले बोर्डिङ पास दिएको थियो भने अध्यागमनले डिपार्चर छाप लगाइदिएको थियो । दुबई पठाउने गिरोहले अध्यागमनमा यस्तो सेटिङ मिलाएको स्रोत बताउँछ ।
सेटिङ भत्काउन प्रहरी सक्रिय भएपछि अध्यागमन र एयरलाइन्सका कर्मचारी तनावमा परेका छन् । अध्यागमन प्रमुख बासुदेव घिमिरेसम्म भिजिट भिसाको सेटिङ रहेको स्रोत बताउँछ ।