Logo
Logo

लामिछानेको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज–२४ को गम्भीर ध्यानाकर्षण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज–२४ प्रतिष्ठान शाखाले सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी पत्रकार रवि लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएकोप्रति शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ, न्यूज २४ शाखाका कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालले आज एक विज्ञप्ति प्रकाशित गरी आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्दा–गर्दै प्रहरीले कार्यक्रम सिधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गरेको छ । कार्यक्रम प्रसारण हुन एक घण्टा २५ मिनेट मात्र बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्यमान्यताविपरीत पत्रकारद्वयलाई नियन्त्रणमा लिएको र प्रस्तोताविना नै कार्यक्रम सञ्चालन भएको जानकारी गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ– सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको छ । साथै, प्रहरीले अन्य सञ्चारकर्मी/पत्रकारको मोवाइल खोस्ने, दृश्य संकलन गर्न रोक्न खोजेकोप्रति पनि खेद व्यक्त गर्दछौ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसले सञ्चारमाध्याममाथि हस्तक्षेप गरेको हाम्रो ठहर छ । सञ्चारजगतमाथि हुने यस्ता हस्तक्षेप नगर्न सम्बन्धीत सबैको ध्यानाकर्षण गराउँछौ । अन्तर्राष्ट्रिय जगत, सरोकारवाला सबै निकायको ध्यानाकृष्ट होस भन्ने चाहना राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्