Logo
Logo

रंगशालामा भागदौड हुँदा १२७ जनाको मृत्यु, १८० घाइते


1k
Shares

काठमाडौं । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३-२ ले खेल हारेपछि दंगा हुँदा १२७ जनाको मृत्यु भएको छ ।

खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा करिब १८० जना घाइते भएका छन् ।

पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ । रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो ।

घटनाबारे इन्डोनेसियन फुटबल एसोसिएसनले अनुसन्धान थालेको छ भने यो घटनाले इन्डोनेसियन फुटबललाई ‘कलंकित बनाएको’ बताएको छ ।

प्रतिक्रिया दिनुहोस्