Logo
Logo

समानुपातिक सूची सच्याउने आज अन्तिम दिन


378
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएका त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समय आज सकिँदैछ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि १६ सम्मको समयावधि दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका छन् । तीमध्ये १२ दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आइतबार अर्थात आज आयोगमा बोलाइएको छ । प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्