Logo
Logo

पूर्वराजा शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने


1.3k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसपाली दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन् । देशभर डेंगु रोगको महामारी फैलिरहेका अवस्थामा शाहले सो निर्णय लिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

पूर्वराजा शाहका संवाद सचिव फणी पाठकद्वारा जारी विज्ञप्तिमा नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने पनि जारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्