Logo
Logo

चुनाव नलड्ने घोषणा गर्दै बाबुरामले भने- संसदमा नरहेपनि योगदान गरिरहनेछु


1.7k
Shares

काठमाडौं । डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गोर्खालीलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’

फाइल फोटो

केही समयअघि मात्र जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी गठन गरेका थिए । नेसपाका अध्यक्ष समेत रहेका डा. भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेका थिए । त्यतिखेर उनले अन्तिम पटक चुनाव लड्ने बताएका थिए ।

चुनाव नलडेपनि आफू राजनीतिमा सक्रिय रहने बताएका छन् । २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले भनेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने छु ।’

आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि पनि उनले उल्लेख गरेका छन् ।

भट्टराईले लेखेका छन्- ‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।’

प्रतिक्रिया दिनुहोस्