Logo
Logo

माओवादीको बन्दसूचीबाट हट्यो कृष्ण महराको नाम


8.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को समानुपातिक बन्दसूचीबाट‍ उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइएको छ ।

माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताए । ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि हितराज पाण्डेको नाम राखिएको गरिएको हो‚’ उनले भने । पाण्डे भने गण्डकीका हुन् ।

खस/आर्य पुरुषबाट उनको नाम पहिलो स्थान रहे पनि उनकै आग्रहमा उक्त सूचीबाट नाम हटाइएको ढकालले जनाए । प्रत्यक्षका लागि सिफारिस गरिए पनि उनी समानुपातिकतर्फ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्