काठमाडौं । केही वर्षअघिसम्म काठमाडौैं खुल्ला आकासमा देखिने रङ्गीविरङ्गी चंगा पछिल्लो समय हराउँदै गएको छ ।
दशैंलाई मुख्य रुपमा पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ । केहि वर्षसम्म उपत्यकाका आकाशमा एक महिना अगावै रंगीबिरंगी चंगा उडेको दृश्य देखिन्थ्यो । तर, यसपटकको दसैंमा निकै कम संख्यामा चंगा उडेको देखिएको छ ।
पिङ खेल्नु र चंगा उडाउनुको महत्व फरक भएपनि यसको महत्व हिन्दूको महान चाड दशैंसँगै पनि जोडिएको छ । पछिल्लो समय चंगा लोप भइसकेका छन् भने पिङ्ग पनि उपत्यकाको फाट्टफुट ठाउँमा देखिन्छ भने केहि संघसंस्थाहरुले सामूहिक चंगा उडाउने कार्यक्रमको आयोजना गर्दै आएका छन् ।