Logo
Logo

राप्रपामा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित


1.3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित भएको छ । विभिन्न ९ बुँदे सहमति गरी डा. मनोजकुमार झा नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो । सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए ।

यस्तै, मोर्चाका तर्फबाट अध्यक्ष डा. झा, मोर्चाका केन्द्रीय सचिवालय सदस्य श्रीमती नगीना कुमारी झा, केन्द्रीय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दीपककुमार सिंहलगायतका नेताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्