Logo
Logo

ओलीद्वारा शुभेच्छुकलाई टिका लगाइदिन सुरु


1.7k
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा आफ्नो निवासमा पुगेका कार्यकर्ता तथा शुभेच्छुकलाई टीका लगाइदिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली दम्पत्ती दशैं मनाउन तीन दिनदेखि दमकस्थित आफ्नै निवासमा छन् । उनीहरुले टिकाको साइत जुर्नअघि नै बुधबार शुभतिन्तक र कार्यकर्तालाई टिका लगाइदिन सुरु गरेका हुन् । ओलीले आफ्नो निर्वाचन क्षेत्रसहित अन्यत्रबाट आउनेहरुलाई एक घण्टा टीका लगाइदिने कार्यक्रम छ ।

ओलीले ९१ वर्षीय पिता मोहनप्रसाद ओलीबाट टीका लगाउने कार्यक्रम छ । ओलीले आफ्नो निवासमा बालवालिकालाई टीका लगाएर विजया दशमीको आशिर्वाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्