काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उनले बुधबार शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् ।
राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइ दिएकीछ । साथै, उनले विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।