Logo
Logo

प्रत्यक्षतर्फ उम्मेदवारकाे नाम संकलन गर्दै शेखर समूह


2.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको छुट्टै बैठक बस्दैछ । संस्थापनइतर कोइराला समूहले आज दिउँसो २ बजे काठमाडौंको बपत्तिसपुलीस्थिति अनुपम फुड्ल्याडमा बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा खबरदारी अभियानको समीक्षा र प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलनमा केन्द्रित हुने बताइएको छ ।

कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरुले पार्टीका समानुपातिक उम्मेदवार बन्दसूची सच्याउन भेला, बैठक र पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका थिए । त्यसपछि असोज ३ गते निर्वाचन आयोगमा पेस भएको बन्दसूचीमा हेरफेर भएको छ ।

कोइराला पक्षका एक नेताका अनुसार आजको भेलाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम हाम्रो पक्षका नेताहरुको नाम संकलन गर्नेछ । संसदीय समितिमा कोइराला पक्षबाट उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार छन् । आजै बालुवाटारमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्