Logo
Logo

भारतीय कम्पनीको औषधिबाट ६६ बालबालिकाको मृत्यु


882
Shares

काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने चार प्रकारका कफ र कोल्ड सिरपका औषधिबाट ६६ जना बालबालिकाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।

गाम्बियामा रूखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको थियो । उक्त घटनामा त्यही औषधि नै मुख्य कारण भएको डब्ल्यूएचओले जनाएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बालबालिकाको मृत्यु भएको छ ।

डब्ल्यूएचओले उक्त कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने उक्त औषधि प्रयोग नगर्न सुझाव दिएको छ । बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’

यी तार औषधीबारे जाँच गरिरहेको डब्ल्यूएचओले जनाएको छ । भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशह?मा पनि वितरण भएको हुनसक्छ ।’

साथै डब्ल्यूएचओले सबै देशहरूलाई मेडन फर्मास्युटिकल्स कम्पनीका ?खाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्