Logo
Logo

जसपालाई २१ सिट दिन एमाले तयार, आजै सहमति हुँदै


26.5k
Shares

काठमाडौं । सत्ता साझेदार दल जसपाले नेकपा एमालेसँग गठवन्धन गर्ने भएको छ । सत्तारुढ दलभित्र सिट भागबन्डामा सहमति जुट्न नसकेपछि जसपा एमालेसँग निर्वाचनमा तालमेल गर्ने निर्णयमा पुगेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपाले प्रतिनिधि सभाका २५ सिट मागेको र त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेको छ ।

ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।

‘सम्भवत आजै फाइनल होला । सहमति हुनेमा म विश्वस्त छु’, उनले अघि भने । जसपाले सत्ता गठवन्धनमा जम्मा १६ सिट मात्र पाएपछि एमालेसँग गठवन्धन गरेर निर्वाचनमा जाने तयारीम जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्