काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर बैठकमा जनता समाजवादी पार्टी (जसपा) भने अनुपस्थित भएको छ ।
सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु भने नआएको एक नेताले जानकारी दिए । गठवन्धनले जसपालाई जम्मा १६ सिट मात्र दिने बाहेपछि जसपा गठबन्धन छाडेर नेकपा एमालेसँग गठवन्धन गर्ने तयारीमा जुटेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।
उनकाका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ ।