Logo
Logo

एमालेले भीम रावललाई टिकट दिएन !


18.8k
Shares

काठमाडौं । नेकपा एमाले अछामको क्षेत्रीय समितिले भदौ १९ गते अछाम १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि आफूलाई सर्वसम्मतिले सिफारिस गरेपछि भीम रावलले खुसी व्यक्त गरेका थिए ।

नाम सिफारिसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए- ‘यस निर्णयलाई मैले पाँच दशक लामो राजनीति जीवनमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान लोकतन्त्र, विधिको शासन, कम्युनिस्ट पार्टीको निर्माण र विस्तार तथा जनताको हक–हित एवम् विकास–निर्माणका लागि खेलेको भूमिकाको पक्षमा बलियो समर्थनको रूपमा लिएको छु ।’

तर, रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झडप बोहोरालाई टिकट दिइएको छ । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।

नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो ।

दश बुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । एमालेमै फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १०औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।

अध्यक्ष ओलीले संसद् विघटनका बेला र पार्टीभित्र आफ्नो कार्यशैलीको विरोध गर्ने नेताहरूलाई पेल्ने नीति लिएको चर्चा चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्