Logo
Logo

निर्वाचन आचारसंहिता संशोधन


1.6k
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता संशोधन गरेको छ ।

राजनीतिक दलहरुको दवाव थेग्न नसकेपछि आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई देशव्यापी निर्वाचन प्रचारप्रसारमा हिड्न खुला गरेको हो । आयोगले शुक्रबार निर्वाचन आचारसंहिता संशोधन गरेर बन्देजात्मक व्यवस्था हटाएको हो ।

आचारसंहिताको दफा ५ मा प्रधानमन्त्रीदेखि मन्त्री र संघीय कार्यपालिकाका सबै सदस्यहरु आफू उम्मेदवार भएको ठाँउ बाहेक अन्यत्र प्रचारप्रसारमा जान नहुने व्यवस्था थियो । यो व्यवस्थाका कारण सत्तामा रहेका प्रभावशाली नेताहरु केवल आफू उम्मेदवार भएको क्षेत्रमा मात्रै सीमित हुन पथ्र्यो ।

आचार संहिताको यो व्यवस्थाको सत्ता गठबन्धनका साथै प्रमुख प्रतिपक्षी एमालेका नेताहरुले समेत विरोध गरेका थिए । दलहरुको विरोधपछि आयोगले आचारसंहिता संशोधन गरेर प्रधानमन्त्री तथा मन्त्रीहरु प्रचारप्रसारमा जान सक्ने व्यवस्था थपेको हो । यसका लागि उनीहरुले आयोगबाट पहिले अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्