Logo
Logo

तनहुँका १८० घरधुरीमा खानेपानी समस्या


567
Shares

फाइल फाेटाे ।

तनहुँ । तनहुँका १ सय ८० घरधुरीका ५ सय परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ ।

व्यास नगरपालिका–७ ब्रिफ नरंगाफाँट खानेपानी उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइप पहिरोले क्षति बनाएपछि २ दिनदेखि खानेपानी सेवा बन्द हुन पुगेको हो ।

बाढी र पहिरोले खानेपानीको पाइप बगाएको समितिले जनाएको छ । धारामा पानी नआएपछि स्थानीयबासीलाई खानेपानी जोहो गर्न कठिनाइ भएकाले जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले जानकारी दिए ।

त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ । व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकाले पानी बितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

उक्त समितिले व्यास नगरपालिका–१ का २ हजार ६ सय घरधुरीमा पानी बितरण गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्