Logo
Logo

सिट बाँडफाँटलाई अन्तिम रुप दिन गठबन्धन बैठक बस्दै


126
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रदेश/प्रतिनिधिसभाको सिट बाँडफाँट लगभग टुंग्याएको छ ।

शुक्रबार अबेरसम्म बसेको गठबन्धन बैठकले १६५ मध्ये १६१ सिटको भागवण्डा मिलाएको हो । यो सूचीलाई अन्तिम रुप दिन र बाँकी सिटको भागवण्डा मिलाउन शनिबार बैठक बस्ने एक नेताले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि ८ देखि १० सिट दिने गरी भागवण्डा गरिएको हो । जनता समाजवादी पार्टी बाहिरिएपछि लोसपा गठबन्धनमा आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्