Logo
Logo

मेमे पोखरी घुम्न गएका एक जनाको मृत्यु, एक बेपत्ता


2.1k
Shares

मेमेपोखरी

लमजुङ । नेपालीको महान् पर्व दसैँमा ४,८०० मिटर उचाइमा रहेकाे ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी घुम्न गएका एक जनाको मृत्यु भएको छ भने एक महिला सम्पर्कविहिन भएकी छिन् ।

सर्लाही लालबन्दीका २६ वर्षीय वुद्ध तामाङ भन्ने दयासागर योन्जनको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए । मेमेपोखरी घुम्न गएका पाँच जनामध्ये तामाङको लेक लागेर मृत्यु भएको र निजकी श्रीमती लमजुङको बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङ सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।

उनीहरुसहित पाँच जना उक्त स्थान घुम्न गएका थिए । बाँकी तीनजना यतिबेला भेडीगोठमा बसिरहेका र उनीहरुको मौसममा आएको खराबीका कारण उद्धारमा कठिन भइरहेको प्रहरी नायब उपरीक्षक श्रीमलको भनाइ थियो । सम्पर्कविहीत भएकी सर्मिलाको खोजी गर्न प्रहरीको टोली गए पनि सो स्थानसम्म पुग्न सकेको छैन ।

शर्मिलाका बुबा, आफ्नै भाइ र काकाको भाइ करिब चार हजार मिटर उचाइको च्यार्बो भन्ने ठाउँको भेडीगोठमा आएर बसेको उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । यही असोज १६ गते घुम्न गएका उनीहरुलाई उक्त स्थान पुग्न बेँसीसहरबाट तीन दिन लाग्छ । बास बस्नका लागि सल्लाहबमोजिम तीनजना अघि अघि हिडेका र पछि पछि श्रीमान् र श्रीमती आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्