काठमाडौं । सत्ता गठबन्धनमा अझै १३ निर्वाचन क्षेत्रमा सहमति जुट्न बाँकी छ ।
शुक्रबार राति सम्पन्न बैठकले १६५ मध्ये १५२ क्षेत्रको भागवण्डा मिलाएको छ । प्रदेश २ का धेरै क्षेत्रमा सहमति हुन बाँकी देखिएको छ ।
सप्तरी-१ र २, सिराहा-४, धनुषा-२ र ३, महोत्तरी-३ र ४, सर्लाही-१, बारा-२ र ३, पर्सा-१ र ३ तथा बाँके-२ मा मिल्न बाँकी छ ।
बैठकपछि सार्वजनिक भएको सहमति अनुसार कांग्रेसले ८४, माओवादीले ४७, एकीकृत समाजवादीले १९ र राष्ट्रिय जनमोर्चाले २ सिट पाएकाे छ ।
बाँकी रहेकाे १३ सिटमा कसले कति पाउँछ भन्ने शनिबारकाे बैठकले टुंगाे लगाउने छ ।