Logo
Logo

सभामुख सापकोटासँग चिनियाँ राजदूतको भेट


441
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन् । राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन् ।

भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्