Logo
Logo

३२ सिट माग्दै हिँडेको जसपाले एमालेबाट १७ सिट पायो


51k
Shares

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको छ । एमालेसँगको तालमेलमा जसपाले १७ सिट पाउने भएको छ ।

सत्तारुढ गठबन्धनमा रहँदा जसपाले ३२ सिट दाबी गरेको थियो । सत्ता गठबन्धनमा आवद्ध दलहरूबीच सिट बाँडफाँट हुँदा जसपाले २२ सिट पाउने पक्का भएको थियो । 

तर, २२ सिट मात्र दिएर आफ्नो अवमूल्यन भएको भन्दै एमालेसँग तालमेल गर्न पुगेको जसपाले गठबन्धनले दिएको भन्दा पाँच सिट कम पाएको छ ।

एमालेले १७ सिट मात्र दिने भएपछि जसपा पुनः गठबन्धनमै फर्कन खोजेको थियो । तर, गठबन्धनले पनि शुक्रबार राती नै सिट बाँडफाँट टुङ्ग्याएका कारण बाध्य भएर जसपाले १५ सिटमा चित्त बुझाउनु परेको हो ।

यस्तो यस्तो एमाले–जसपा तालमेल
 

प्रतिक्रिया दिनुहोस्