Logo
Logo

एमाले नेता बालकृष्ण ढुंगेल मृत भेटिए


10.6k
Shares

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत भेटिएका छन् । शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित उनी आफ्नै घरमा मृत भेटिएका हुन् ।

नेकपा एमाले नेता नानीबाबु बुढाथोकीका अनुसार उनी घरकै बाथरुममा लडेर अवस्थामा भेटिएका थिए । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै रहेकाे बताइएकाे छ । अहिले उनको घरमा प्रहरी पुगेको छ ।

यसअघि नेकपा माओवादी केन्द्रमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भइ करिब ७ वर्ष जेल बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्