Logo
Logo

केपी ओलीसँग कांग्रेसका पदम पौडेल भिड्दै !


47.9k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ नेपाली कांग्रेसको भागमा परेको छ ।

झापा–५ आफ्नो भागमा परे पनि कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । हेबी वेट ओलीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कांग्रेसले अझै उम्मेदवार टुङ्गो लगाउन नसकेको हो ।

कांग्रेसले ओलीसँग प्रतिस्पर्धा गर्नका लागि विभिन्न विकल्पहरूमा छलफल गरिरहेको छ । त्यसमध्ये पदम पौडेलको नाम अगाडि सुनिन्छ ।

झापा–५ मा पर्ने तत्कालीन तोपगाछी गाविसका अध्यक्ष समेत भइसकेका पदमलाई कांग्रेसले उम्मेदवार बनाउने तयारी गरेको बुझिन्छ । पदम केही वर्ष अगाडि मात्र एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्