Logo
Logo

घनश्यामले भने- केपी ओलीको दम्भ र स्वेच्छाचारिता अति भएपछि पार्टीमा नरहने निर्णय गरेँ


21.1k
Shares

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । एमालेले प्रतिनिधिसभाको उम्मेदवार नबनाएपछि नेता भुसालले एमाले छाडेको घोषणा गरेका हुन् ।

शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनले पार्टीमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

प्रतिक्रिया दिनुहोस्