Logo
Logo

राष्ट्रपति अस्पताल भर्ना


2.4k
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका छन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशंका गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।’

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।

प्रतिक्रिया दिनुहोस्