Logo
Logo

राप्रपाबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने खुश्बु ओलीको घोषणा


11.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृ खुश्बु ओलीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

नेकपा एमालेसँग तालमेलका कारण झापा क्षेत्र नम्बर ४ एमालेले पाएपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । एमाले र राप्रपाबीच भएको सहमति अनुसार झापा-३ अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमाले समर्थन गर्नेछ ।

त्यस्तै, अन्य दुई प्रदेश सभा सीट पाउनेछ । बाँकी चार प्रतिनिधि सभाका क्षेत्रमा राप्रपाले एमालेलाई सघाउनेछ । खुश्बुले एउटा युवा महिलालाई रोक्न चलखेल भएको र हेपिएको भन्दै सूर्यमा भोट हाल्न नसक्ने दावी गरेका छन् ।

आफ्नो उम्मेदवारी झापा-४ मा कायमै रहेको र जनताको बीचमा आउन लागेको खुश्बुले घोषणा गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो उम्मेदवारी यो देशको लागी हो । झापा क्षेत्र नः ४ को जन्ताको लागि हो । म यो देशको शिक्षित र सवल युवा हो, म त्यहि युवाको आवज लिएर संसदमा उभिन चाहान्छु । एमालेको गठबंधनले खुस्बु ओलीलाई टिकट नदे भन्दा मेरो पार्टीले मलाई टिकट दिदैन भने हामी राप्रपा को की एमाले को कार्यकर्ता ? हामी अरु पार्टी छोडेर राप्रपामा आएको छौं, अन्याय, गुटबन्दीको बिरुद्ध तर मेरो पार्टीसंग हाम्रो लागि अडान लिन सक्ने क्षमता छैन रहेछ ।’

प्रतिक्रिया दिनुहोस्