Logo
Logo

अष्टलक्ष्मी शाक्यद्वारा एमालेको टिकट अस्वीकार


20.7k
Shares

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको टिकट अस्वीकार गरेका छन् ।

एमालेबाट काठमाडौं-८ मा उम्मदेवार सिफारिस शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न आग्रह गरेका छन् । शनिबार टेलिफोनमार्फत शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न ओलीलाई भनेका हुन् ।

शाक्यले भने- ‘ मैंले अब संसदीय राजनीतिबाट बिदा लिन्छु भनेको छु, विकल्प खोज्न पनि आग्रह गरेको छु ।’ एमालेले शाक्यलाई काठमाडौं-८ बाट प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

नयाँलाई अवसर दिनुपर्छ भनेर आफू यो निर्वाचनमा उठ्ने बताए । उनले भने, ‘एउटै व्यक्तिले कति चुनाव लड्ने, कतिपटक मन्त्री र प्रधानमन्त्री हुने ? ‘जनता दिक्क भइसके । अब नयाँलाई अवसर दिनुपर्छ, अवसर नपाएकालाई अवसर दिइनु राम्रो हो ।’

शाक्यले उठ्ने रहर नभएकाले जबर्जस्ती राखेर मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि उनले ओलीलाई अनुरोध गरे ।

शाक्यले सुनाए– ‘उठ्दिनँ भन्नेलाई तपाईं उठ्न प्रेरित गर्ने र जित्ने सम्भावना भएकाहरूलाई १० बुँदेको नाममा फरक व्यवहार गर्ने कुरा ठीक भएन । यसले गलत सन्देश जान्छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्यहरूलाई समेट्न भनेँ ।’

प्रतिक्रिया दिनुहोस्