Logo
Logo

यी हुन् सुदूरपश्चिममा माओवादीका उम्मेदवार (सूची)


16.3k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीले प्रतिनिधिसभाको ४ सिट पाएको छ ।

कञ्चनपुर-१ मा विना मगर उम्मेदवार हुने भएको छ भने कैलाली-२ मा भगतबहादुर बढवालले टिकट पाउने भएको छ । कैलाली-३ मा कृष्ण चौधरी वा वीरमान चौधरी मध्ये एकले टिकट पाउनेछन् ।

त्यस्तै, प्रदेशसभातर्फ बाजुरा ‘क’मा कर्णबहादुर विकले टिकट पाएका छन् भने अछाम १ ‘ख’ र अछाम २ ‘क’को उम्मेदवार टुंगो लागेको छैन । बझाङ ‘ख’मा भीम भण्डारीले टिकट पाएका छन् भने डोटीको टुंगिएको छैन ।

कैलाली-५ को ‘क’मा रमेश धामी उम्मेदवार हुने भएका छन् । दार्चुला ‘ख’ मा मानबहादुर धामी र डडेलधुरा ‘क’ मा खगराज भट्ट उम्मेदवार हुने छन् । २ को ‘क’मा टेकेन्द्र भट्टले टिकट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्