Logo
Logo

प्रचण्डसँग गोर्खा हिँडेका बाबुरामले भने- सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ


819
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवारी दर्ता गर्न आज गोर्खा जाँदैछन् । गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लागेका प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा जाँदैछन् ।

बाबुरामले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ मा प्रचण्डको उम्मेदवारी दर्ता गर्न उनी आइतबार प्रचण्डसँग गोरखा जान लागेका हुन् ।

‘गोरखा–२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । सबैको साथ र सहयोगको अपेक्षा !’

माओवादीले गोरखा–२ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो । उनी यसअघि चितवन–३ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्