Logo
Logo

बैतडीमा उम्मेदवारी दर्ता गर्न दलहरूलाई छुट्टाछुट्टै समय


378
Shares

बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ ।

सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो । सहायक निर्वाचन अधिकृत तिर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ । सो पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी लाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउसो २ बजेदेखि ३ बजेसम्म, नेकपा माओवादी केन्द्रलाई ३ बजेदेखि ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजे देखि ५ बजेसम्मको समय उपलब्ध गराएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताए । ‘स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्’, उनले भने । बैतडीमा प्रतिनिधिसभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेशसभातर्फ दुई क्षेत्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्