चितवन । चितवनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा माओवादीको उम्मेदवारविरुद्ध नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएको छ ।सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार माओवादीले चितवन ३ पाएपनि कांग्रेसका दिनेश कोइरालाले बागी उम्मेदवारी दिएका छन् ।
आइतबार केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनको आधिकारिक उम्मेदवार भने माओवादीका डा.भोजराज अधिकारी छन् ।