Logo
Logo

प्रचण्डले गोरखा-२ बाट गराए उम्मेदवारी दर्ता


1.6k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उठ्न गएका हुन् । प्रचण्डलाई नेसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन छ।

प्रतिक्रिया दिनुहोस्