Logo
Logo

वारेसमार्फत देउवाले गराए उम्मेदवारी दर्ता


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत उम्मदेवराी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले मनोनयन पत्र दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गरेसँगै देउवाले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवार बन्दैछन् ।

उनी २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०४८ पछिका सबै निर्वाचनहरूमा देउवा निर्वाचित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्