Logo
Logo

गिरिराजमणिले महोत्तरीबाट गराए उम्मेदवारी दर्ता


441
Shares

महोत्तरी । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले महोत्तरीबाट
उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलले महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दिउँसो २ बजे मनोनयनपत्र दर्ता गराएका हुन् । पोखरेल सत्तागठबन्धन दलका साझा उम्मेदवार हुन् ।

मनोनयनपत्र दाखिला गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरु उपमहासचिव पोखरेलका साथ निर्वाचन अधिकृतको कार्यालय महोत्तरी–१ बर्दिबास पुगेका थिए ।

सोही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट लक्ष्मी महतोले वारेसमार्फत मनोनयनपत्र दर्ता गराएका छन् ।

यसैगरी महोत्तरी–१ ‘क’ प्रदेशसभाका लागि हालकै प्रदेशसभा सदस्य शारदा थापाले एमालेबाट र मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले महोत्तरी–१ ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

लोसपा नेपालका वरिष्ठ नेता शरत्सिंह भण्डारीले महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज अपराह्न नै मनोनयनपत्र दर्ता गराएका छन् ।

जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रका लागि धमाधम मनोनयनपत्र दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्