Logo
Logo

अछाममा ओलीविरुद्ध प्रदर्शन- ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’


11.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अछाम–१ मा भीम रावलको टिकट खोसेर झपट रावललाई टिकट दिएका छन् ।

ओलीबाट टिकट पाएका झपट रावल आइतबार दलबलसहित मनोनय दर्ता गर्न पुगेका थिए । त्यस क्रममा ओलीविरुद्ध नारावाजी भयो ।

भीम रावल समर्थकले ‘नेकपा एमाले जिन्दावाद, केपी ओली मुर्दावाद’ भन्दै नारा लगाएका छन् । नारा लगाउँदै हिँडेका कार्यकर्ताले कालो झण्डा समेत प्रदर्शन गरेका छन् ।

नेता भीम रावलको नाम प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ बाट एकल सिफारिस भएको थियो ।

जिल्ला र प्रदेशबाट एकल सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलको टिकट खोसेर माओवादीबाट आएका झपट रावललाई टिकट दिए । त्यसपछि एमाले अछाममा तनाव छ ।

अध्यक्ष ओलीले टिकट खोसेपछि भीम रावल समर्थक ४० जनाभन्दा धेरैले पार्टीबाट राजीनामा दिइसकेका छन् । आन्तरिक किचलोका कारण अछाममा एमाले नराम्ररी पराजित हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्