Logo
Logo
काठमाडौं-७ :

रामवीरको ‘बागी उम्मेदवारी’ले मानुषीलाई सहज


140.9k
Shares

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोपोलिविद्धरु निरन्तर बोल्दै आएका नेकपा एमालेका नेता रामवीर मानन्धरले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएनन् ।

आफ्नो आलोचना गर्दै आएका नेताहरूविरुद्ध ओलीले एक–एक गर्दै प्रहार गर्दा भीम रावल, धनश्याम भुसालहरुकै लाइनमा रामवीर पनि परेका हुन् ।

आफ्नो आलोचना गरेकै कारण ओलीले निरन्तर काठमाडौं–७ बाट निर्वाचन जित्दै आएका रामवीरको टिकट खोसे । तर, रामवीर ‘बागी’को रुपमा एक्लै चुनावी मैदानमा उत्रेका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि रामवीरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको प्रतिकृया दिएका छन् ।

काठमाडौं–७ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र श्रेष्ठलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाले काठमाडौं–७ पाएको छ ।

यत्ता, सत्तारुढ गठबन्धनले भने नेपाल समाजवादी पार्टी नेपालका नेता मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । मानुषी गठबन्धनका उम्मेदवार हुन् ।

के होला परिणाम ?
काठमाडौ–७ जसपाका लागि राम्रो ठाउँ मानिन्न । तर, पनि तालमेलका क्रममा राजेन्द्रलाई व्यवस्थापन गर्न जसपाले एमालेसँग काठमाडौं–७ मागेको हो ।

यो क्षेत्र एमालेको धेरै राम्रो क्षेत्र मानिन्छ । जनतासँग निरन्तर सम्बन्धमा रहेर काम गरेका एमाले नेता हुन्, रामवीर । तर, यसपटक रामवीर ‘बागी’ उम्मेदवार बनेका छन् ।

रामवीरको उपस्थितिमा एमालेको भोट जसपालाई नजाने सम्भावना रहन्छ । रामवीरको उम्मेदवारीले एमालेकै भोट काटिने सम्भावना रहन्छ । यस्तो अवस्थामा राजेन्द्रलाई जित्न निक्कै मुस्किल देखिन्छ ।

रामवीरले एमालेको भोट काट्दा राजेन्द्र निर्वाचित नहुने सम्भावना रहन्छ भने गठबन्धनका उम्मेदवार मानुषी विजयी हुने सम्भावना रहेको विश्लेषण हुन थालेको हो ।

रामवीरले उम्मेदवारी फिर्ता लेलान् ?
रामवीरको गतिविधि हेर्दा पार्टीले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि पछि हट्ने अवस्था देखिन्न ।

स्थानीय तह निर्वाचनमा पनि रामवीर पार्टीको निर्णयविरुद्ध लागेका थिए । पार्टीका उम्मेदवार केशव स्थापित विरुद्ध लागेका रामवीर पार्टीले कारवाही नै गरे पनि पछि हट्ने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस्