Logo
Logo

डडेल्धुरामा एमाले र कांग्रेस बिपीको गठबन्धन तोडियो


24.2k
Shares

डडेल्धुरा । डडेल्धुरा नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस बिपीसँगको गठबन्धन तोडेको छ ।

एमालेले कांग्रेस बीपीका कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो । तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन् । एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ ।

उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख)मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रतिनिधिसभामा कांग्रेस बिपीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन् । मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन् ।

नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उनी कांग्रेस बिपीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्