Logo
Logo

कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन


1.8k
Shares

कालिकोट । कालिकोटमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । तिलागुफा नगरपालिकाको वडा नम्बर ४ राँचुली गाउँमा मलामी गएका उनीहरु आइतबारदेखि सम्पर्कविहीन भएका हुन् ।

आइतबार दिउँसो १ बजेतिर मलामी गएका उनीहरु अझै सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त घटनाबारे प्रहरीलाई सोमबार आज बिहान ७ बजे मात्र खबर गरिएको कालिकोट प्रहरीले जनाएको छ ।

कालिकोट प्रहरीका सूचना अधिकारी शुरेशराज बमका अनुसार अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । फोन सम्पर्क नहुँदा विस्तृत विवरण आएको छैन । घटनास्थलमा प्रहरी पुगेपछि मात्र थाहा हुने उनले बताए ।

प्रहरी चौकी नाग्मगाड र खल्लागाडबाट दुई टोली घटनास्थलतर्फ पठाइएको उनले बताए । बाढी पहिरोका कारण बाटो अबरुद्ध भएका कारण प्रहरीले जेसिबी साथमा लिएर त्यसतर्फ गएको बमले बताए ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदीमा गएका वडाध्यक्ष परमबहादुर शाहीसहितका १५ जना सम्पर्कविहीन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्