Logo
Logo

बिहानैदेखि चुनावी छलफलमा व्यस्त प्रचण्ड


1.6k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहानैदेखि चुनावी छलफल सुरू गरेका छन् । उम्मेदवार मनोनयपत्र दर्ता गर्न आइतबार गोरखा आए प्रचण्डले सोमबार बिहान पार्टी तथा सत्ता गठबन्धनका नेता र उम्मेदवारहरूसँग सामुहिक छलफल गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आइतबार आइतबार गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरूसँग छलफल गरेका छन् ।

प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमै राखेर चुनावी छलफल गरिरहेका छन् । काठमाडौंबाटै प्रचण्ड, बाबुराम र नाराणकाजी सँगै गोरखा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्