Logo
Logo

मुगुमा पहिरोमा पुरिएर ९ जना बेपत्ता, १५० परिवार विस्थापित


378
Shares

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा पहिरो पहिरोले पुरिएर ९ जना बेपत्ता भएका छन्।

लगातार चार दिनदेखिको वर्षाले सालिम गाउँ भन्दा माथिबाट पहिरो खसेपछि छायाँनाथ रारा नगरपालिका ८ झ्यारी गाउँका १० घर पूणर्रुपमा क्षति हुँदा ९ जना बेपत्ता हाे ।

पहिराेका कारण डेढ सय परिवार विस्थापित भएकाे र विस्थापितलाई प्रभात माध्यमिक विद्यालय रोवामा राखिएको नगरपालिका-११ की वडाअध्यक्ष कुञ्जुमा कुमाइले जानकारी दिइन् । नगरपालिकाकै वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ।

गमगढी बजारस्थित कालिका मालिका मन्दिर नजिक करिव २० घर पहिरोको उच्च जोखिममा छन्। सञ्चारविहीन हुँदा अन्य क्षेत्रको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्