Logo
Logo

मलामी जाँदा बेपत्ता भएकाहरूकाे खुल्यो पहिचान


1.7k
Shares

कालिकोट । कालिकोटको तिलागुफामा आइतबार मलामी जाँदा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ । आइतबार मलामी जाँदा एउटै गाउँका १३ जना बेपत्ता भएका थिए । बेपता उनीहरुको पहिचान खलेको प्रहरीले जनाएको हो ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टि गर्नेक्रममा आइतबार तिलानदी माथिबाट पहिरो आएको र सो पहिरोले उनीहरुलाई नदीमा बगाएको कालिकोट जिल्ला प्रहरीका डीएसपी डिएसपी चक्र शाहले जानकारी दिए । उनका अनुसार बेपत्ता हुनेहरु :

१. कालीबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४७ वर्ष ।
२. धनबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ६३ वर्ष ।
३. छत्रजंग शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ३६ वर्ष ।
४. खगेन्द्र शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २८ वर्ष ।
५. भेषबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।
६. धन शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५५ वर्ष ।
७. अलि शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ७६ वर्ष ।
८. खेमराज शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।
९. मानबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५७ वर्ष ।
१०. मोतिलाल शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ४१ वर्ष ।
११. परबहादुर शाही, तिलागुफा नगरपालिका–४ राँचुली, ५६ वर्ष ।
१२. नरेश शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २४ वर्ष ।
१३. प्रशान्त शाही, तिलागुफा नगरपालिका–४ राँचुली, २३ वर्ष ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्